इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले आफ्नो सीजीको साथमा, वर्ल्डकप टिकट हातमा योजनाअन्तर्गत तेस्रो चरणका विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
यस तेस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत काठमाडौँका सुवर्ण खरेल बम्पर उपहार विजेता बन्न सफल भएका छन्। नारायणस्थान, गणेशचोक, काठमाडौँ निवासी खरेलले सीजी डिजिटल, बसुन्धराबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ। कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ।
Shares

प्रतिक्रिया