राजनीति


विश्वप्रकाश भन्छन्- फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ

विश्वप्रकाश भन्छन्- फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन २ कारणले सर्न सक्ने बताएका छन्। जेनजी प्रदर्शनको क्रममा ध्वस्त इलामस्थित कांग्रेस पार्टी कार्यालय अवलोकनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै २ कारण बताउँदै चुनाव केही पछि सर्न सक्ने बताएका हुन्।  

शर्माले पहिलो कारण निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनिनसकेको र चुनाव तोकिएको समयमा हिमाली क्षेत्रको मौसम प्रतिकूल हुने स्पष्ट पारेका छन्। 

'समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ। शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृस्टिगत गरेर थोरै पछि सर्नसक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम,' शर्माले भने। 

त्यस्तै शर्माले पार्टीको विशेष महाधिवेशन र महाधिवेशनको विषयमा पनि नेताहरूलाई सम्बोधन गरेका छन्। 
उनले पार्टीको महाधिवेशनका लागि पनि २ विकल्प रहेको भन्दै अझै पनि विशेष महाधिवेशन सम्भव भएको तर यसका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्। 

 
'पहिलो विकल्प- पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने,' उनले भने, 'महाधिवेशन तयारी क्रममा केहिदिन समय नपुग्नसक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने।' 

त्यस्तै उनले दोस्रो विकल्पको रुपमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने पनि बताएका छन्। 

'दोस्रो विकल्प- पार्टीका आदरणीय सभापतिज्युले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर `सुवर्ण शमशेर पथ´ पछ्याउन सक्नुहुन्छ, भन्ने मलाई लाग्छ। त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने,' उनले भने, 'त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भुमिकाले उचाई पाउनेछ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन। तब ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन, ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad