कारोबार


पारामाउन्ट मोटर्सको ‘मल्टिब्रान्ड एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ यही कात्तिक २१ गतेदेखि

पारामाउन्ट मोटर्सको ‘मल्टिब्रान्ड एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ यही कात्तिक २१ गतेदेखि

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:४४, काठमाडौँ

नेपालमा एमजी, आईएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्रान्डहरू समेटेर एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ। 

यही कात्तिक २१ देखि २३ गतेसम्म बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म एलिस रिसेप्सन, नक्साल, गैह्रीधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा यो क्याम्प सञ्चालन हुने भएको हो। 

तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू १५ लाखसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध हुनेछ।

क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरू प्रदर्शित गरिनेछ जसले ग्राहकहरूलाई विभिन्न सवारी विकल्पहरू प्रदान गर्नेछ।

क्याम्पमा पारिवारिक वातावरणसहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्सजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ। आगन्तुकहरूले यस अवसरमा आइएमको इन्टेलिजेन्ट इलेक्ट्रिक सभी आईएम६ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् र यसका क्र्याब वाक, आईएडी, पार्किङ सोलुसन, पुल-आउट तथा रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फीचर्स पनि अवलोकन गर्न सक्नेछन्। 

उपत्यकाभित्र वा बाहिरका डिलरशिपहरुमा सहभागी भई ग्राहकहरूले एमजी तथा अरु साझेदार ब्रान्डहरूका नवीनतम मोडेल र अफरहरूको लाभ उठाउन सक्नेछन् । सवारीसाधन अपग्रेड गर्ने विशेष समय र अवसर बनेर आएको यस एक्सचेन्ज एण्ड अपग्रेड क्याम्पले आफ्ना ग्राहकहरूका लागि अधिकतम सुविधासहितको एक अद्वितीय अनुभव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad