कारोबार


दिपल एस०७ आईसीएमा ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना

दिपल एस०७ आईसीएमा ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १६:५१, काठमाडौँ

नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिंग’ ईभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ।

एमएडब्लु वृद्धिले दिपल एस०७ मा या ग्राहक योजना ल्याएको हो । योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन्।

योजनाअन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन्। यसबाट दिपल एस०७  खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ ।

यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन्। यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, नि?शुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनेछन्।

‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने। 

‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad