सिटी राइडका लागि उपयुक्त ल्युमिन ईभी सस्तो मूल्यमा सार्वजनिक भएको छ।
मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा यो कार सार्वजनिक भएको हो।
३०१ किलोमिटर रेन्ज रहेको यो कारका लागि ग्राहकले २२ लाख ९९ हजार रुपैयाँ तिरे पुग्छ।
२८.०८ किलोवाट आवर ब्याट्री रहेको कारमा ३५ किलोवाट मोटर छ। यसले ८३ एनएम टर्क जेनेरेट गर्छ। यसको अधिकतम गति १०१ किलोमिटर रहेको छ।
अर्को महत्त्वपूर्ण सुविधा यो कार एसी चार्जरबाट ०–१०० चार्ज हुन १० घण्टा लाग्छ तर डीसी चार्जरबाट चार्ज गरे ३५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ।
तस्बिरहरु (सरोज नेपाल)










168
Shares

प्रतिक्रिया