सवारीसाधन प्रदर्शनी मेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अवलोकनकर्तालाई तानिरहेको छ।
एक्स्पोको दोस्रो दिन बिहीबार सवारी किन्न तथा सवारीबारे रुचि राख्नेहरुको भीड छ। पहिलोपटक आयोजित एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारी ब्रान्डको उल्लेख्य सहभागिता छ।
यही एक्स्पोका दौडान नेपालमा बजाज टु ह्विलरको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चेतक इलेक्ट्रिक स्कुटर प्रदर्शनमा राखेको छ।
सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्सजस्ता विशेषताले बजाज चेतक ईभी नाइमा एक्स्पो २०२५ कै एक प्रमुख आकर्षण बनेको छ।
चेतक ३५०१ बजाजको प्रमुख विद्युतीय स्कुटर हो। यसले रेट्रो–मोडर्न स्टाइलिङलाई अत्याधुनिक ईभी प्रविधिसँग जोड्ने कम्पनीको दाबी छ।
बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीका अनुसार चेतक ईभीले फुलचार्जमा १५३ किलोमिटर रेन्ज दिन्छ। यो सहरी यात्रा र विस्तारित सवारी दुवैका लागि आदर्श हुने कम्पनीको विश्वास छ।
यो सम्पूर्ण मेटल बडीबाट बनाइएको र आईपी६७ मूल्याङ्कन गरिएको स्कुटरलाई सबै मौसमको अवस्थाहरूमा भरपर्दो प्रदर्शन गर्न डिजाइन गरिएको छ। यसको ५ इन्च टीएफटी स्मार्ट कन्सोलले नेभिगेसन, म्युजिक कन्ट्रोल र कल ह्यान्डलिङ सुविधा छ। जसले सवारी अनुभवलाई सहज बनाउँछ।
अतिरिक्त सुविधाहरू जस्तै किलेस एक्सेस, जियो–फेन्सिङ, दुर्घटना सूचनाहरू र एन्टीथेफ्ट सुरक्षा सुविधा समेत छ। ३५ लिटरको अन्डर–सिट स्टोरेज र छिटो चार्जिङ क्षमतासँगै ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म ३ घण्टामा चार्ज गर्छ। चेतक ३५०१ ले प्राविधिक र व्यावहारिक विद्युतीय मोबिलिटीको नयाँ आयाम प्रस्तुत गर्ने कम्पनीको विश्वास छ।



Shares

प्रतिक्रिया