राजनीति


प्रविधिमा आदिवासी जनजातिको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल

प्रविधिमा आदिवासी जनजातिको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल

नेपालखबर
साउन २२, २०८२ बिहिबार १८:४८, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार, पहिचान र अस्तित्वको संरक्षणमा प्रविधिको सकारात्मक प्रयोग आवश्यक रहेको बताएका छन्।

३१औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) लाई आदिवासी समुदायको भाषा, संस्कृति, मौलिक ज्ञान र सम्पदाको दस्तावेजीकरण तथा प्रवर्धनमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

‘हाम्रो भाषा, कथा, दृष्टिकोण अझै प्रणालीमा छैन,’ दाहालले भने, ‘यदि हामी प्रविधिबाट टाढा रह्यौं भने यो प्रविधि नै हामीमाथि दमनको औजार बन्न सक्छ।’

नेपाल भाषा गुगल ट्रान्सलेटमा समावेश हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै उनले अन्य आदिवासी भाषाहरू पनि डिजिटल प्लेटफर्ममा ल्याउने खाँचो औंल्याए।

समारोहमा थारु समुदायको परम्परागत खानाको विशेष प्रदर्शनी र नेपाल भाषाको प्रस्तुति गरिएको थियो। अध्यक्ष दाहालले यस प्रकारको सांस्कृतिक गतिविधिबाट आदिवासी जनजातिको बहुआयामिक पहिचान झल्किने बताए।

उनले संविधानमा सुनिश्चित भाषा तथा संस्कृतिको हक, सामाजिक न्याय र समावेशीकरणका मूल्यहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे। 

ऐन कानुन निर्माणमा ढिलाइ हुँदा जनतामा निराशा बढेको बताए र प्राप्त उपलब्धिहरूलाई कमजोर पार्न खोज्ने प्रयासको कडा प्रतिकार गर्नुपर्नेमा दाहालले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad