विद्युतीय ईभी ब्रान्ड एक्सपेङले जुलाईमा कम्पनीको इतिहासकै सबैभन्दा बढी ३६ हजार ७१७ युनिट मासिक डेलिभरी गरेको छ।
जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ। यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको बताउँदै कम्पनीले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको उल्लेख गरेको छ।
कम्पनीका अनुसार नेपालमा एक्सपेङ जी६ छिट्टै सहरकेन्द्रित युवा व्यवसायी, ईभी रोज्ने परिवार र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ। यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन, र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको छ।
यद्यपि मोना र पी७ प्लस नेपालमा उपलब्ध छैनन्, ती मोडेलको अन्तर्राष्ट्रिय सफलताले एक्सपेङ जी६ मा पनि समान एरोडायनामिक डिजाइन, एआई पावर्ड टियान्जी ओएस, ओटीए अपडेट, स्मार्ट पार्किङ, र को–ड्राइभिङजस्ता फिचरको विश्वास जगाउँछ।
विश्वभर ८ लाखभन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन् । त्यस्तै ३.५३ मिलियन टन सीओ२ उत्सर्जन घटाइसकेको तथ्यले एक्सपेङको दिगोपनप्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जा को लक्ष्यसँग मिल्दो रहेको कम्पनीले जनाएको छ।
एक्सपेङ अहिले ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थित छ र इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ।
नेपालमा पनि एक्सपेङ जी६ एक स्मार्ट, इफिसियन्ट र विश्वसनीय ईभीको रुपमा ब्रान्ड उदाएको छ।
Shares

प्रतिक्रिया