नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलो पटक बुधबारदेखि ‘नेपाल मोबिलिटी एक्स्पो’ २०२५ सुरु भएको छ।
एक्स्पोमा दर्जनौँ सवारीसाधन ब्रान्डहरु सहभागी छन्। विभिन्न ब्राण्डहरुले नयाँ मोडलहरु सार्वजनिक गरेका छन्।
एक्स्पोको अवसर पारेर विभिन्न ब्रान्ड आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेका हुन्।
तिनमा बीवाईडी, महिन्द्रा, फोर्थिङ, म्याक्स, फक्सवागन, जेको, ओमोडाजस्ता ब्रान्डले नयाँ उत्पादन ल्याएका छन्। बुधबार उद्घाटन समारोहकै दिन बीवाईडी एट्टो १, माइफा ७, जेको जे५जस्ता ईभीहरुले दर्शकलाई तानेका छन्।

दुई भेरियन्टमा एट्टो १
नेपालका बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले नाईमा एक्स्पोमा एट्टो १ सार्वजनिक गरेको छ।
किफायती मूल्यमा उपलब्ध एट्टो १ दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध गराइएको छ।
अट्टो वान डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

महिन्द्राको तीन ईभी
नाइमा एक्स्पोमा महिन्द्राले तीन ईभी सार्वजनिक गरेको छ।
महिन्द्राका लागि आधिकारिक वितरक इन्कर्पोरेटले एक्सईभी ९ई, बीई६ र थ्रिएक्सएलओ सार्वजनिक गरेको हो।
एक्सईभी ९ईको मूल्य ६९ लाख रुपैयाँ, बीई६ को मूल्य ५७ लाख रुपैयाँ र थ्रिएक्सएलओको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ।

फोर्थिङ फ्राइडे
डोङफेङ ग्रुप अन्तर्गतको फोर्थिङ ब्राण्ड नाईमा एक्स्पोमार्फत आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको हो।
लक्ष्मी ग्रुपले फोर्थिङ ब्राण्डको फरथिङ फ्राइडे नेपाली बजारमा ल्याएको हो।
फोर्थिङ फ्राइडे दुई भेरियन्ट लक्जरी र एक्सक्लुसिभमा उपलब्ध छ। नाइमा अफरअन्तर्गत लक्जरीको ४८ लाख ९६ हजार रुपैयाँ र एक्सक्लुसिभ ५४ लाख ९६ हजार रुपैयाँमा उपलब्ध छ।

माइफा ७
नाइमा मोबिलिटी एक्स्पोमा म्याक्स ब्रान्डको फाइफा ७ एमपीभी ईभी सार्वजनिक भएको छ।
माइफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ छ। हिमालयन अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स आधिकारिक वितरक हो।
बुधबार सार्वजनिक भएको माइफा ७ को रेन्ज लोभलाग्दो छ। यो गाडीले एक पटकको चार्जमा ६३५ किमि रेन्ज दिन्छ।

फक्सवागनको कमब्याक
जर्मन ब्राण्ड फक्सवागनको दुई नयाँ मोडल नाइमा एक्स्पोमा सार्वजनिक भएको छ।
पूजा इन्टरनेशनलले भर्चस सेडान र नयाँ टाइगुन सार्वजनिक गरेको हो। यी दुवै गाडीमा शक्तिशाली १.५ लिटरको टर्वो पावर इन्जिन दिइएको छ।
फक्सवागनले नयाँ गाडीसहित अटोबजारमा कमब्याक गरेको हो।

जेको जे–५
नाइमा मोबिलिटी एक्स्पो २०२५ मा नयाँ ईभी एसयूभी जेको जे–५ सार्वजनिक भएको छ।
ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा एक्स्पोका लागि जेको जे–५ छुट मूल्यमा उपलब्ध गराएको छ।
जेको जे–५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिए पनि एक्स्पोमा बुकिङ गर्नेलाई ५६ लाख ९९ रुपैयाँमा उपलब्ध गराउनेछ।
तस्बिरमा हेर्नुहोस् नाइमा एक्स्पो
























Shares

प्रतिक्रिया