कारोबार


फक्सवागनले ल्यायो पावरफुल दुई मोडल भर्चस र टाइगुन (तस्बिरहरू)

फक्सवागनले ल्यायो पावरफुल दुई मोडल भर्चस र टाइगुन (तस्बिरहरू)

भर्चस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाइमा अटो शोमा गरिएको छ (सरोज नेपाल)


नेपालखबर
साउन २१, २०८२ बुधबार १२:३४, काठमाडौँ

नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल प्रालिले भर्चस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाइमा अटो शोमा गरेको छ । 

यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यी दुवै गाडीहरुको अनावरण नाईमा अटो शोमा सम्मानित अतिथिको रुपमा जर्मन दुतावासका महामहिम श्री उदो भोल्ज गर्नु भएको थियो ।
अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सि. बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट ईन्जिन रहेको छ । 

भर्चस जि टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्याप ९ल्ऋब्ए० मा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।

फक्सवागन भर्चस सेडान
फक्सवागन भर्चस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

फक्सवागन टाईगुन जी टि एसयूभी 
नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभी सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल ईत्यादि रहेका छ । 

कार्यक्रममा विशेष अतिथिको रूपमा निर्माता कम्पनीको प्रतिनिधित्व गर्दै फक्सवागन इन्डियाका ग्लोबल एक्स्पोर्ट हेड शेल्जी जोसेफले भने, 
“यी दुवै मोडलले ठूला र साना यात्रुहरूको सुरक्षाका लागि ग्लोबल ण्कप बाट ५–तारेको रेटिङ प्राप्त गरेका छन्। साथै, फक्सवागन  गु्रप नेपालको बजारप्रति पूर्ण प्रतिबद्ध छ भन्ने कुरा स्पेयर पाट्र्सको नयाँ मूल्यमा प्रस्ट देखिन्छ — अब भारतसरह मूल्यमा उपलब्ध हुँदा यसले ग्राहकहरूको मर्मत खर्च घटाउनेछ ।”

उनले कम्पनीको पोर्टफोलियो विश्वभर निकै मजबुत रहेको बताउँदै उपयुक्त समयमा ती मोडलहरू नेपालमा ल्याउने सम्भावनाबारे मूल्याङ्कन गर्ने बताए। 

यस कार्यक्रममा बोल्दै आयातकर्ता पूजा इन्टरनेशनलका सीईओ बिवेक बिजुक्छेले फक्सवागन पावरफुल इन्जिनका साथ नेपाली बजारमा जर्मन इन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले भर्चस सेडान तथा टाइगुन एसयूभीका साथ आएको बताए।

विगतमा जस्तै ग्राहकहरुको अत्यधिक समर्थन तथा प्रोत्साहन गर्ने अपेक्षा राखेको राखेको उनको भनाइ छ। 

सबै तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad