लक्ष्मी ई–मोबिलिटीले चीनको ईभी ब्रान्ड फोर्थिङ नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।
आजदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोका दौडान कम्पनीले ब्रान्डअन्तर्गतको पहिलो मोडल फ्राइडे सार्वजनिक गरेको हो।
एक्स्पो सुरु भएकै दिन भृकुटीमण्डपमा सार्वजनिक भएको यो गाडी नेपालमा लक्जरी र एक्सक्लुसिभ दुई भेरियन्टमा सार्वजनिक भएको छ। यसअनुसार लक्जरीको ५०.९६ लाख र एक्सक्लुसिभको ५६.९६ लाख रुपैयाँ मूल्य छ। तर नाइमा मोबिलिटी एक्स्पोमा खरिद गर्दा ग्राहकलाई सस्तो पर्नेछ।
कम्पनीले एक्स्पोमा विशेष अफर समेत सार्वजनिक गरेको छ। यो गाडी खरिदकर्ताले २ लाख छुट र १ वर्षको अटोप्लस बीमा प्रदान गर्नेछ।
ग्राहकले लक्जरी भेरियन्ट ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट ५४.९६ लाखमा पाउन सक्नेछन्।

के छन् विशेषता?
यो गषडीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ केडब्लु मोटर छ। यसले ४०० किमिभन्दा बढी रेन्ज दिने कम्पनीले उललेख गरेको छ। स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई निर्माण गरिएको गाडीमा प्रिमियम मसाज स्पोर्ट्स सिट छ। यसले ड्राइभिङ अनुभवलाई आरामदायी बनाउने दाबी गरिएको छ।
एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा समेत रहेको छ। नाइमा एक्स्पोपमा स्टल नम्बर ए४ मा फोर्थिङको उपस्थिति छ।
तस्बिरहरू (सरोज नेपाल)









Shares

प्रतिक्रिया