गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीयदुईपांग्रे सवारीका लागि बाईब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ।
यो कार्यक्रमले नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ।
यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ। यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर्स किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र रु १ लाखको बाई ब्याक भ्यालु ग्यारेन्टी गर्नेछ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ।
परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप (साट्ने) गर्ने (चार्ज सकिएको ब्याट्री राखेर फुलचार्ज भएको ब्याट्री लिने) हो। यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको कम्पनीले उल्लेख गरेको छ।
गोगोरो नेपालको यातायातको भविष्य भएको नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले बताए।
उनले भने, “सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदै छौँ।”
नाइमामा यस्ता छन् अफर
बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा मोबिलिटी एक्स्पोमा केही आकर्षक अफरहरू पनि ल्याएको छ।
नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि घोषणा गरेको छ। जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ।
त्यस्तै आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन्।
त्यसैगरी गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दोबनाउन अप्टिमाइज गरिएको छ भने अपग्रेड गरिएको जेईजीओ स्कुटर प्रदर्शन गरिएको छ। यो पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शन गरिएको हो।
Shares

प्रतिक्रिया