नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ ‘अ’बाट मुक्त हुन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ दल भएकाले ती सुझाव ग्रहण गर्न समेत सुझाव दिए।
‘रास्वपाको मित्रहरुलाई नम्रतापूर्वक मेरो सुझाव छ-नयाँ नयाँ दल छ। अनुभवले खारिन बाँकी छ,’ शर्माले भने, ‘त्यसैले ३ वटा ‘अ’बाट मुक्त हुनुहोस्।’
ती ३ ‘अ’ को व्याख्या गर्दै उनले भने, ‘अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट।’
1.3k
Shares

प्रतिक्रिया