एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नेपाल ल्याएको एथर रिज्टाको मूल्य सार्वजनिक गरेको छ।
बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोमा एथर रिज्टाको मूल्य सार्वजनिक गरिएको हो।
यसअनुसार एथर ३ लाख ८३ हजार ५ सय रुपैयाँमा खरिद गर्न पाइनेछ। एथर रिज्टाले भारतभर सहरी मोबिलिटीको परिभाषा फेरिदिएको कम्पनीले दाबी गरेको छ।
उक्त स्कुटर उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षाका हिसाबले भरपर्दो रहेको कम्पनीको भनाइ छ।
‘नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अङ्ग हो’, वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्यले भने, ‘रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ।’

४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्टामार्फत नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहेको उनले बताए।
एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरू छन्।
नाइमामा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन र बुकिङको अवसर समेत पाएका छन्।
Shares

प्रतिक्रिया