कारोबार


७०औँ वार्षिकोत्सवमा देशैभर यामाहाको एक्सचेन्ज अफर

७०औँ वार्षिकोत्सवमा देशैभर यामाहाको एक्सचेन्ज अफर

नेपालखबर
असार २५, २०८२ बुधबार १२:१२, काठमाडौँ

यामाहा नेपालले यामाहाको ७०औं वार्षिकोत्सवमा देशैभर एक्सचेन्ज अफर ल्याएको छ।

कम्पनीले यही असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा एक्सचेन्ज अफर ल्याएको हो।

यस विशेष उत्सवको एक भागस्वरूप ग्राहकहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। 

यसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने कम्पनीको भनाइ छ।

एक्सचेन्ज अफरमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा रु. २५,०००/- को न्यूनतम मूल्यांकन, अतिरिक्त रु. १०,०००/- सम्मको भ्यालुएसन बोनस, निश्चित मोडेलमा ० प्रतिशत ब्याजदरमा ईएमआई, फ्लेक्सिबल फाइनान्स अप्सन र २ वर्ष ट्याक्स-फ्री – राइड-फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउने कम्पनीले उल्लेख गरेको छ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७०औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad