कारोबार


सिप्रदीले ल्यायो ‘७.७ डिल्स लाइक नेभर बिफोर’, स्किमको लागि विशेष अवसर कुर्न नपर्ने

सिप्रदीले ल्यायो ‘७.७ डिल्स लाइक नेभर बिफोर’, स्किमको लागि विशेष अवसर कुर्न नपर्ने

नेपालखबर
असार १९, २०८२ बिहिबार १३:२, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई) सम्म विशेष कार्यक्रम आयोजना गरेको छ।

कम्पनीले ‘७.७ डिल्स लाइक नेभर बिफोर’ विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

यसअनुसार ग्राहकहरूलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल््याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्। 

सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ। एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउने सिप्रदीले उल्लेख गरेको छ।

पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालनमा हुनेछ। 
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ “७.७ डिल्स लाइक नेभर विफोर”  लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad