राजनीति


रामकुमारीले भनिन्– केही पदाधिकारीले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन

रामकुमारीले भनिन्– केही पदाधिकारीले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन

नेपालखबर
असार १९, २०८२ बिहिबार १३:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन्।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको दाबी गरिन्। 

‘‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’

उनले थपिन्, ‘त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ। पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ।’

शनिबार बुटवलमा पार्टीसंवद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएपछि झाँक्रीको आलोचना बढेको छ। 

झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए। त्यस्तै बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालखबर तत्कालैमा कुराकानी गर्दै झाँक्रीलाई स्पष्टीकरण सोधेर कारबाही गरिने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad