कारोबार


एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू, ग्राहकलाई यस्ता फाइदा

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू, ग्राहकलाई यस्ता फाइदा

नेपालखबर
असार १५, २०८२ आइतबार १६:२१, काठमाडौँ

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू भएको छ।  

नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले तीनकुनेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको उपलक्ष्यमा आजदेखि एक्सचेन्ज कार्निभल सुरू गरेको हो।

यो कार्निभल एक हप्तासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी १ एसयूभी साट्न सक्नेछन्।

साथै, ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको. वालमाउण्टेड चार्जर, १ वर्षको सडक कर, १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउनेछन्।

सेग्मेन्टमै सबैभन्दा बढी २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ। यसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी छ।

नेपली बजारमा एलएस अटोको एलईभी ०१ स्ट्याण्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ।

एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९.९५ लाख र सीई भेरियन्टको ६४.९५ लाख रुपैयाँ रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad