प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले केटीएम होल नेपाल एक्सचेन्ज एन्ड फाइनान्स क्याम्प घोषणा गरेको छ।
बिहीबारदेखि सुरु हुने क्याम्प कम्पनीका सबै अधिकृत केटीएम शोरुमहरुमा सुरु हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसको उद्देश्य देशैभरका मोटरसाइकल पारखीहरुलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउने र वित्तीय सुविधाहरुको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउनु हो।
यसका मुख्य आकर्षणहरुमा नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया, पुरानो मोटरसाइकलमा अतिरिक्त १५ हजार एक्सचेन्ज बोनस, प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट, केटीएम २५० ड्युकको नयाँ मूल्य ७ लाख १३ हजार ९ सय रुपैयाँ र अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने सुविधा रहेका छन्।
51
Shares

प्रतिक्रिया