कारोबार


केयीको दिगो यातायात प्रवर्द्धन र वातावरणमैत्री ग्राहक सचेतना कार्यक्रम

केयीको दिगो यातायात प्रवर्द्धन र वातावरणमैत्री ग्राहक सचेतना कार्यक्रम

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:४, काठमाडौँ

केयी मोटर्स नेपालका आधिकारिक वितरकहरु लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक वातावरणमैत्री ग्राहक सचेतना कार्यक्रम गरेका छन्। 

मे ३१ मा गरिएको कार्यक्रममा ग्राहक र उनीहरुका पारिवारिक सदस्यसहित ८० भन्दा बढीको उपस्थिति थियो। यो कार्यक्रमले दिगो यातायात र वातावरणीय उत्तरदायित्वलाई उत्सवका रुपमा मनाउँदै सबैलाई एक ठाउँमा ल्याएको कम्पनीले जनाएको छ। 

सो क्रममा कम्पनीका ईभीहरुको ¥यालीको आयोजना गरिएको थियो। कम्पनीकाा अनुसार केयीका नवप्रवर्तनात्मक विद्युतीय मोडलहरु केयी एक्स३ प्रो, इक्युट ०२, ई क्युट ०४ सवारीसाधनहरुले भाग लिएका थिए। यसलाई कम्पनीले दिगो यातायातको लागि केयी ब्रान्डको प्रतिबद्धता भनेको छ। 

थापाथलीबाट सुरु भएको ¥याली गोदावरीसम्म पुगेको थियो भने मार्बल हिलसम्म हाइकिङ गरिएको थियो। हरित मूल्य, प्रकृतिको प्रशंसा र वातावरणीय उत्तरदायित्वको उत्सवका रुपमा कम्पनीले यसलाई लिएको छ। 

कार्यक्रमको मुख्य आकर्षण वृक्षरोपण थियो। सहभागीहरुले सामूहिक रुपमा ७० भन्दा बढी वृक्षरोपण गरेका थिए। यसको प्रमुख उद्देश्य कार्बन उत्सर्जनमा कमी ल्याउने र स्थानीय पर्याप्रणालीमा सकारात्मक योगदान पु¥याउनु रहेको कम्पनीले जनाएको छ। 

कार्यक्रमका दौडान सामूहिक गतिविधि, खेल प्रदर्शनलगायत अन्य कुराहरु पनि भएका थिए। 

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad