कारोबार


रिडराले २० प्रतिशत डाउनपेमेन्टमै ल्यायो एक्सचेन्ज योजना (भिडिओ)


सौगात दाहाल
बैशाख ३० , काठमाडौँ

रिडराले २० प्रतिशत डाउनपेमेन्टमै एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। 

नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले गिली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिड्डारा एक्सचेन्ज’ योजना सञ्चालन गरिरहेको हो।

वैशाख २९ बाट सुरु भएको एक्सचेन्ज योजनामा ग्राहकले जुनसुकै पुरानो सवारीसाधन साटेर विद्युतीय पिकअप रिडारा खरिद गर्दा ८० प्रतिशत ऋण लिन पाउने भएका छन्। 

राष्ट्र बैंकले ४० प्रतिशत डाउनपेमेन्ट अनिवार्य गरे पनि केही समयका लागि सीजी मोटर्सले २० प्रतिशतसम्म दिनेछ। 

४२४ किलोमिटरको रेन्ज र ७३ किलो आवरको ब्याट्री क्षमता रहेको यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा छ। यो पिकअप २२५ एमएम ग्राउन्ड क्लियरेन्स, २ ह्विल र फोरह्विल ड्राइभमा उपलब्ध छ।

एक्सचेन्ज योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। 
  
नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिडरामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमा   ड्राइभिङ मोडहरू छन्।

५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउनेछ। रिडराले चीनमा सबैभन्दा बढी चर्चित ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ।

बैशाख ३०, २०८२ मंगलबार २१:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad