नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को औपचारिक घोषणा भएको छ।
काठमाडौंमा एक कार्यक्रम गरी नाइमाले अटोमोबिलिटीको थिङ्क ट्याङ्कको रूपमा काम गर्ने भएको हो।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताएकी छिन्।
आगामी दिनमा सरकार र सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ।
नाइमा सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा सञ्चालक सदस्य छन्।
सञ्चालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताए।
सरकारी निकायले लक्जरी प्रोडक्टको रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेकाले नीतिगत लबिङका लागि नाइमाले काम गर्ने उनले उल्लेख गरे।
नाइमाले अगस्ट ६-१० तारिखसम्म अटो मोबिलिटी एक्स्पो सञ्चालन गर्दै छ। नाइमा सदस्य गौरव सारडाले मोबिलिटी क्षेत्रका लागि गेम चेन्जर हुने बताए।
तस्बिरमा नाइमा घोषणा








सबै तस्बिर : सरोज नेपाल
Shares

प्रतिक्रिया