कारोबार


राष्ट्र बैंकले सुरु गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब, कसले लिन सक्छन् सुविधा?

राष्ट्र बैंकले सुरु गर्‍यो डिजिटल फाइनान्स इनोभेसन हब, कसले लिन सक्छन् सुविधा?

नेपालखबर
चैत १४, २०८१ बिहिबार १४:३३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले नयाँ आइडियासहित आउने नवप्रवर्तकहरुलाई परामर्श दिन छुट्टै हब सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबार सूचना जारी गर्दै डिजिटल फाइनान्स इनोभेसन हब सञ्चालनमा ल्याएको हो। 

राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीको क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने नवप्रवर्तकहरु तथा आइडिया मात्रै बोकेर आउनेहरुलाई सहजीकरण गर्न छुट्टै संयन्त्र नै खडा गरेको हो। 

हबमार्फत नवप्रवर्तकहरुले नीतिगत एवम नियमाकीय व्यवस्थाबारे जानकारी तथा आफूसँग भएको आइडियाबारे विशेषज्ञहरुसँग परामर्श गर्न पाउनेछन्।

यस्तै हबले नन बाइन्डिङ गाइडेन्ससहित नियामक निकायहरुसँगको पहुँच विस्तार गर्न सहयोग नवप्रर्वतकहरुलाई सहयोग गर्नेछ।

राष्ट्र बैंकले भुक्तानी क्षेत्रमा नयाँ आइडियासहित आउनेहरुलाई बैंकले प्रोत्साहन गर्दै इनोभेटिभ कार्यमा सहयोग गर्न हब सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad