पोखरामा आयोजित वाडा अटो शोमा एलएस अटो पनि सहभागी हुने भएको छ।
यही चैत १४ देखि १७ गतेसम्म अमरसिंह ग्राउन्डमा हुने वाडा अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राख्ने भएको हो।
नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको छ। सन् २०२५ भित्रै नयाँ २ मोडल ल्याउने तयारी गरेको कम्पनीले देशभर आफ्नो उपस्थिति बढाउँदै छ।
एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक छ। यी ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी रहेको कम्पनीको दाबी छ। जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ। गाडीमा ९९ किलोवाटको मोटर रहेको कम्पनीले उल्लेख गरेको छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन छ।
लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोडजस्ता सुविधाहरू छन्।
कम्पनीको स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
Shares

प्रतिक्रिया