सीजी मोटर्सले फोरह्विल ड्राइभमा पिकअप रिडारा नेपाली बजारमा ल्याएको छ। जिली अटो ग्रुपको उत्पादन रिडारा आरडी ६ सीजी मोटर्सले सार्वजनिक गरेको हो।
सीजी मोटर्सले नेपालमा पहिलो फोरह्विल ड्राइभमा पिकअप ल्याएको दाबी गरेको छ। २२ वटा सर्भिस सेन्टर छन् भने सीजी मोटर्सले २५० बढी चार्जिङ स्टेसन स्थापना गरिसकेको छ।
सुरूवाती मूल्य ७९ लाख ९९ हजार रूपैयाँ छ। सनरूफसहितको पिकअप रिडाराको ८१ लाख ९९ हजार छ। डुअल टनको ८२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ।
४२४ किमिको रेन्ज र ७३ किलोवाट ब्याट्री क्षमता छ। ३१५ किलोवाटको सिंगल मोटर रहेको छ भने ५९५ टर्क जेनेरेट हुन्छ। एक हजार टनसम्मको बोक्ने क्षमता छ। १४.६ इन्चको टच स्क्रिन छ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रिडारामा ७ फरक ड्राइभिङ मोडहरू छन्। जसमा स्यान्ड, मड, अफरोड, वाडिङ, इकोनोमी, कम्फर्ट, स्पोर्ट फोरह्विल ड्राइभमा उपलब्ध छन्। गाडीमा १४ एडास फिचर्स छन् भने ६ एयरब्याग छन्।
नेपालका जुनसुकै सडक टेरेनमा उपलब्ध छ। ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा रहेको गाडीमा पूर्ण दृश्य हेर्न मिल्ने हुँदा यसले सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

नेपालमा टु ह्विल ड्राइभमा गत नाडा अटो शोबाटै बिक्रीवितरण भए पनि फोरह्विल ड्राइभमा सोमबार औपचारिक सार्वजनिक गरिएको छ।
रिडारा पिकअपले चीनमा लोकप्रिय छ। यसको मूल कम्पनी जिली अटो ग्रुपले चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो।

Shares

प्रतिक्रिया