कारोबार


निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, मूल्य ३४ लाख ७५ हजार (तस्बिरहरू)

निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, मूल्य ३४ लाख ७५ हजार (तस्बिरहरू)

नेपालमा निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक भएको छ (विशाल कार्की)


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १५:१३, काठमाडौँ

नेपालमा निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक भएको छ। पायोनियर मोटोकर्पले म्याग्नाइटको नयाँ मोडल बजारमा ल्याएको हो। 

विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा सार्वजनिक भएको म्याग्नाइट नेपालमा पहिलोपटक २०२१ मा आएको थियो। 

पायोनिर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुवै बजारमा नयाँ मापदण्ड स्थापित गरेको बताए। 

उनले भने, ‘हामी विश्वस्त छौँ कि नयाँ म्याग्नाइटले नेपाली बजारमा निरन्तर प्रभाव पार्नेछ।’

शुक्रबार सार्वजनिक गरिएको गाडीको मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।

म्याग्नाइट सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्ब प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डीआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ।

६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

 क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सिट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडिको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्नेजस्ता विशेषता यस गाडीमा उपलब्ध छन्।

६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन स्टार्ट गर्न सकिने सुविधा दिइएको छ। यसका लागि नयाँ ग्लोबल स्मार्ट कि उपलब्ध छ।

एसयूभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभीएस, पूर्ण एलईडी बाहिरी प्याक र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ। 

नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रिन छ। नयाँ फिचर्सको रुपमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ। यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ।

यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ। प्रतिलिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तीव्रता सुनिश्चित गर्दछ। 

नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ।

कारमा ६ वटा एयर ब्याग, भेइकल डाइनमिक कन्ट्रोल ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबीएस, ईबीडी र टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत थुप्रै फिचर पाउन सकिन्छ।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad