कारोबार


जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’

नेपालखबर
माघ २८, २०८१ सोमबार १४:५३, काठमाडौँ

जनकपुरमा आज ‘बजाज माइलेज च्याम्पियन’ हुँदै छ।

बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो। 

जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम गरिरहेको छ।  

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको छ। 

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागिता जनाउन सक्नेछन्। माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्। 

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना बिकाश गर्ने कम्पनीको दाबी छ।

बजाजका मोटरसाइकलहरुमध्ये पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय बनेको कम्पनीको दाबी छ। 

यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए। 

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउँने ट्रेन्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको किफायतीबारे उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ। 

च्याम्पियनमा आम ग्राहकले सहभागिता जनाउन सक्नेछन्। च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad