कारोबार


लामो रेन्ज, ओरालोमा आफैँ चार्ज हुने जिकर एक्स (भिडिओ)

२०० किलोवाटको मोटरले दिन्छ उत्कृष्ट ड्राइभिङ अनुभूति

सरोज बैजु
मंसिर २३ , काठमाडौँ

जिकर एक्स पावरफुल गाडीको रुपमा नेपाल भित्रिएको छ। यसमा रहेको २०० किलोवाटको मोटरले उत्कृष्ट ड्राइभिङ अनुभूति दिन्छ।

सडकमा विद्युतीय गाडी चलाउँदा पावर फिल गर्न नपाउनेका लागि जिकर एक्स उत्कृष्ट रोजाइ हो।  

चिनियाँ कम्पनी जिल्ली होल्डिङअन्तर्गत प्रिमियम ब्रान्ड पर्छ। विश्वका सुरक्षित गाडी भोल्लो, पोलस्टार, स्मार्टलगायतका ब्रान्डसँग प्लेटफर्म सेयर गर्छ। 

विश्वबजारमा युरोप र चिनियाँ बजारमा बढी खपत भएको छ। नेपालमा २०२४ को नाडा अटो २०२४ बाट बुकिङ गरी वितरण गर्दै आएको छ। नेपालमा सारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले बिक्रीवितरण गर्छ।   

गाडीमा २०० किलोवाटको मोटर छ। ६६ किलोवाट आवरको ब्याट्री छ। रियर ह्विल ड्राइभमा उपलब्ध यो गाडीमा २०० किलोवाटको मोटर भएकाले ग्राहकले बढी पावर अनुभव गर्न सक्छन्। 

जिकर एक्सले ०.८ सेकेन्डमै शून्यबाट १०० किमिको प्रतिघण्टा गति लिन सक्छ। 

१९१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा १९ इन्चको अलोय ह्विल छ। मोटर पावर र ग्राउन्ड क्लियरेन्सले नेपाली सडकअनुसार जुनसुकै ठाउँमा कुदाउन सकिन्छ। 

सामान्य कच्ची सडक र उकालो ओरालोमा गुडाउँदा अरु गाडीको तुलनामा राम्रो अनुभव दिन्छ। 

स्विडेनमा डिजाइन भएको गाडी अगाडिबाट हेर्दा डबल एज डीआरएल लाइट्सले आकर्षक देखिन्छ। गाडीमा कि–लेस इन्ट्री छ भने फ्रेमलेस विन्डो र मिरर छन्।  

लामो रेन्ज, ओरालोमा आफैँ चार्जिङ
लामो ठाउँको यात्रा गर्नेका लागि जिकर एक्स मज्जाको साथी बन्न सक्छ। यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरको रेन्ज दिन्छ। 

कम्पनीले खरिदकर्ता ग्राहकलाई ७ किलोवाटको चार्जर दिन्छ। यसले करिब ११ घण्टामा फुल चार्ज हुन्छ। तर डीसी चार्जरबाट आधा घण्टामै पूर्ण चार्ज हुन्छ।

गाडीमा रिजेनेरेसन मोड छ। जसले ओरालोमा गाडी कुदाउँदा आफैँ चार्ज समेत हुन्छ। अटो होल्डमा नराख्दा पनि उकालोमा रोकिएको गाडी पछाडि नआई सिधै अगाडि जान सक्छ।  

आनन्ददायी सिट 
गाडीको ड्राइभिङ सिटमा बस्दा व्यक्तिअनुसार आफैँ एडजस्ट हुन्छ। यसको लागि हल्का ब्रेक लिँदा हुन्छ। ६ वटा पजिसनमा ड्राइभिङ सिट मिलाउन सकिन्छ। सिटको दुवैतर्फ लम्बार्ट सपोर्ट राखेकाले कम्फर्ट अनुभव हुन्छ। 

५ सिटर गाडीमा पछाडि खुट्टा र टाउको नठोक्किने गरी आरामले बस्न सकिन्छ। 

यसका अन्य फिचर्स हेर्दा भेन्टिलेटेड सिट, १७ कलरमा एम्बियन लाइटसको अनुभव र वायरलेस चार्जर छन्। यसको इन्फोटेनमेन्ट सिस्टम १४.६ इन्चको रहेको छ।

यसबाटै ड्राइभिङ सेटिङ, मिरर एडजेस्टमेन्ट, डाइभर पोजिसन, भेन्टिलेटेड सिट, एसी कन्ट्रोल डिजिटल रुपमै गर्न सकिन्छ। गाडीमा पछाडिको टेलगेट (डिक्की) खोल्न वा बन्द गर्न पछाडि जानुपर्दैन।

गाडीमा यामाहाको साउन्ड सिस्टम छ। १३ वटा स्पिकर छन्। गाडी भित्रसँगै बाहिर पार्टी गर्दा समेत बजाउन मिल्छ। बाहिरी खुल्ला ठाउँमा गाडीकै स्पिकरबाट गीत बजाएर रमाउन सकिन्छ।

जिकर एक्समा ३ वटा ड्राइभिङ मोड छन्– कम्फर्ट, स्पोर्ट र इको। गाडी कुदाउँदा ब्लाइन्ड स्पट कम छ। डाइभर पर्फमेन्स मोनिटरको सुविधा छ। जसले गर्दा गाडी चलाउँदै गर्दा निद्रा लागेमा अलर्ट गराउँछ। 

गाडीको भिजिबिलिटी एकदमै राम्रो छ। गाडीको कर्नरिङ, ३६० क्यामेरा भ्युले जुन साइडको बत्ती बाल्यो, त्यही क्यामेराले चल्छ। 

उत्कृष्ट सेन्सर क्षमता, गज्जबको इन्टेरियर 
गाडीको सेन्सर उत्कृष्ट छ। गाडीको बढी स्पिड, गाडीको दूरी, गाडी फर्काउँदा क्यामेरा र सेन्सरको संयोजनले धेरै सहज अनुभव प्रदान गर्छ।

इन्टेरियर गज्जबको छ। आफूअनुकूल निलो र सेतो कलर वा ग्रे र कालो कलर छनोट गर्न सकिन्छ। गाडीका सिट, लेदरेट ड्यासबोर्डले प्रिमयम भाइब्स दिन्छ। गाडीमा ग्लास रुफ छ। यसले गाडीको माथि पूरै सिसा भए पनि घाम वा पानी पर्दा डिस्टर्ब गर्दैन। 

सुरक्षाका हिसाबले गाडीमा सबैभन्दा उत्कृष्ट फिचर्स छन्। यसमा ७ वटा एयरब्याग छन्। अन्य गाडीको फरक भनेको डाइभर र को–ड्राइभरको बीचमा समेत एयर ब्याग हुन्छ। जसले चालकसँगै बसेको मानिस एक आपसमा ठोक्किने सम्भावना हुँदैन। 

भेरियन्ट र मूल्य
नेपालमा २ वटा भेरियन्टमा गाडी उपलब्ध छ। 

अलह्विल ड्राइभ र रियर ह्विल ड्राइभमा जिकर एक्स छनोट गर्न सकिन्छ। 

रियर ह्विल ड्राइभको मूल्य ८४ लाख ९९ हजार छ भने अलह्विल ड्राइभको १ करोड ५४ लाख ९९ हजार छ। 

हाल ५ वटा कलरमा गाडी छनोट गर्न सकिन्छ। जिकर एक्सको बुट स्पेस ३६२ लिटरको छ। यसमा अगाडि समेत सामान राख्न सकिन्छ। 

भिडिओ 

मंसिर २२, २०८१ शनिबार १६:३९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad