कारोबार


सिप्रदी ट्रेडिङ प्रालिले हस्तान्तरण गर्‍यो टाटा एलपीओ१६२२/६२ बीएस६ बस

सिप्रदी ट्रेडिङ प्रालिले हस्तान्तरण गर्‍यो टाटा एलपीओ१६२२/६२ बीएस६ बस

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १८:१३, काठमाडौँ

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न बस हस्तान्तरण गरेको छ।

कम्पनीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ। त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तर्देशीय यात्राको लागि सञ्चालनमा आउनेछ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन्।

टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको कम्पनीले उल्लेख गरेको छ।

यसमा रहेका विशेष फिल्टरले कण उत्सर्जन घटाउने र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने कम्पनीको दाबी छ।

बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउने कम्पनीले उल्लेख गरेको छ।

सिप्रदीका अनुसार एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।

“अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दूरीका लागि विशेष रुपमा तयार पारिएका यी माग्ना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास लिएका छौं। साथै अन्तर्देशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ“, हस्तान्तरण कार्यक्रममा बोल्दै  सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने।

यस अन्तर्देशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यवसायीको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad