युक्रेनी सेनाले रुसलाई सघाउन कुर्स्क क्षेत्र पुगेको उत्तर कोरियाली सैन्य टुकडीमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
यससँगै युक्रेन युद्धमा पहिलोपल्ट रुसका तर्फबाट बाह्य मुलुकका सैनिक सहभागी भएका छन्।
‘डीपीआरकेको पहिलो सैन्य टुकडीले कुर्स्कमा गोलीबारीको सामना गरिसकेको छ,’ युक्रेनका कुसूचना प्रतिरोधी अधिकारी आन्द्रेइ कोवालेन्कोले भनेका छन्।
युक्रेनी विदेशमन्त्री आन्द्रेइ सिबिहाले युद्धमा उत्तर कोरियाको सहभागिताका विषयमा निर्णायक कदम चाल्न युरोपसँग आग्रह गरेका छन्।
‘उत्तर कोरियाली सैनिकहरूले युरोपमा आक्रामक युद्ध चलाएका कुरा बुझ्न हामी युरोपलाई आग्रह गर्छौँ,’ उनले भने।
अमेरिकी खेमाका मुलुकहरूले उत्तर कोरियाको सो कदमको विरोध गरेका छन्।
सोमबार नै मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशी चोइ सन हुइसँग भेट गरेका छन्।
अमेरिकी र दक्षिण कोरियाली अधिकारहिरुले करिब ८ हजार उत्तर कोरियाली सैनिक रुसको कुर्स्क क्षेत्रमा खटिएको अनुमान गरेका छन्।
करिब १२ हजार सैनिक रुस पठाइएको उनीहरूको भनाइ छ। जसमा ५ सय अधिकृत र ३ जना जर्नेल रहेको बताइएको छ। करिब ४ हजार फौजले भने रुसको सुदूरपूर्वी हिस्सामा तालिम लिइरहेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया