ad ad

कारोबार


अल्फा अटोमोटिभले गर्‍यो रोयल इनफिल्ड वान राइड

अल्फा अटोमोटिभले गर्‍यो रोयल इनफिल्ड वान राइड

नेपालखबर
असोज ७, २०८१ सोमबार ११:५८, काठमाडौँ

रोयल इन्फिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड कार्यक्रम सम्पन्न गरेको छ। 

रोयल इन्फिल्डले प्रत्येक वर्ष वान राइड विश्वका ५० बढी देश, ५ सय बढी सहर, एक हजार बढी राइड्स र ३० हजार बढी राइडर्समाझ एकै साथ राइड गरेको हो। 

कम्पनीका अनुसार वान राइड कार्यक्रम यही असोज ६ गते बिहान ८ बजे रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो। उक्त राइड कार्यक्रममा सडक सुरक्षाबारे जानकारी दिइएको थियो। 

नेपालमा काठमाडौंलगायत १७ मुख्य सहरहरु बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, टाँडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुरखेत, नेपालगन्ज, धनगढीबाट जम्मा ४५० भन्दा धेरै राइडरहरुले सहभागी जनाए।

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्यअनुसार गोदावरीमा रहेको पथ प्रदर्शक मा.वि.का सबै विद्यार्थीहरुलाई हुने गरी खेलकुद र ५० हजार नगद सहयोग वितरण गरिएको थियो। खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीहरु समेत सहभागी थिए।  

वान राइडमा काठमाडौंका रोयल इन्फिल्डका हिमालयन ४५०, क्लासिक ३५० तथा मेटिअर ३५०, हिमालयन स्क्राम ४११, हन्टर ३५० मोटरसाइकलका साथै १२५ भन्दा धेरै सहभागी भएका थिए।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो। विश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो। यसरी सुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुनथालेको कम्पनीले जनाएको छ। वार्षिक रुपमा रोयल इन्फिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .