ad ad

कारोबार


टीभीएसले ल्यायो ३ नयाँ एफआई मोडल, नकिन्दै ५ लाख र खरिद गर्दा १० लाख जित्न सक्ने

टीभीएसले ल्यायो ३ नयाँ एफआई मोडल, नकिन्दै ५ लाख र खरिद गर्दा १० लाख जित्न सक्ने

एन्टर्क, राइडर र राडेन मोडल एफआई इन्जिनमा ल्याएको हो (सरोज बैजु)


नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:०, काठमाडौँ

टीभीएसले ३ वटा नयाँ एफआई मोडल सार्वजनिक गरेको छ। एन्टर्क, राइडर र राडेन मोडल एफआई इन्जिनमा ल्याएको हो। 

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एन्टर्क आरटी एफआई इन्जिनमा ल्याएको छ। टीभीएसको नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटरमा नयाँ फिचर्स समेत थपेको छ।

१२५ सीसीको टीभीएस राइडर एफआई इन्जिनमा ल्याएको छ। ८.३७ किलोवाट पावर जेनेरेट गर्छ भने काठमाडौं उपत्यकामै ६० माइलेज पाउन सकिन्छ।  

११० टीभीएस राडेन एफआई इन्जिनमै ल्याएको छ। कमर्सियल बाइक रहेकाले सिलिन्डर झुन्ड्याउन मिल्नेदेखि सामान बाँध्नको लागि हुक रहेको छ। 

टीभीएस वर्डअन्तर्गत  ६० मिनेटमा स्पेय पार्टस उपलब्ध गराउनेछ। टीभीएस लाइफटाइम वारेन्टी, टीभीएस पिक एन्ड ड्रप र कोही ग्यारेन्टीविनै ऋण लिन सक्ने भएका छन्। 

टीभीएसको साथी एपबाट सर्भिस बुकिङदेखि स्पेयर पार्टस, घरमै टेस्ट ड्राइभ गर्ने सुविधा रहेको छ। 

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएस नेपालमा नयाँ ब्रान्डको रूपमा नभई परिचित रहेको बताए।

उनले शंकर ग्रुपले पाँचौँ नम्बरमा रहेको टीभीएस दोस्रो नम्बरमा पुगेको बताएका छन्। शंकर ग्रुपले नयाँ मोडल र सर्भिस बढाउँदा दोस्रो नम्बरमा पुगेको रौनियारले बताए। 

दसैँमा टीभीएसले नकिन्दै ५ लाख र खरिद गर्दा १० लाख जित्न सक्ने अफर ल्याएको छ।

टीभीएस एफआई रेडरको २ लाख ९२ हजार ९ सय, रेडनको २ लाख ३६ हजार ९ सय, एन्टर्कको २ लाख ७९ हजार ९ सय रुपैयाँ मूल्य राखिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .