ad ad

कारोबार


सीजीले थप्यो अर्को ब्रान्ड, दायुन युइहु सब-कम्प्याक्ट एसयूभी ल्याउँदै

सीजीले थप्यो अर्को ब्रान्ड, दायुन युइहु सब-कम्प्याक्ट एसयूभी ल्याउँदै

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:४, काठमाडौँ

नाडा अटो सोमा ८ ब्रान्ड प्रदर्शनीमा राखेको सीजी मोटर्सले सो सकिएलगत्तै अर्को नयाँ ब्रान्ड थपेको छ। 

चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयूभी नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको हो।

दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको छ। 

नेपाली बजारकै मोष्ट अफरडेबल सब-कम्प्याक्ट एसयूभी दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले  जनाएको छ। 

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र उपयुक्त रहेको सीजी मोटर्सको विज्ञप्तिमा उल्लेख छ। दायुन युइहुमा ३९ किलोवाटको मोटर छ।

यसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ। 

उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। उक्त ब्याट्री २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जरमार्फत ५४ मिनेटभन्दा कम समय लाग्दछ।

उक्त गाडीमा २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ। 

कम्पनीका अनुसार इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गरिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टाएर प्रेसर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बी.एस., इ.बी.डी., हिल स्टार्ट एसिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .