नाडा अटो सोमा बेलायती ब्रान्ड ट्राइम्फको स्टलमा युवाहरुको आकर्षण देखिएको छ।
नेपालमा गोल्छा अर्गनाइजेसनले नेपाली बजारमा ल्याएको ट्राइम्फका अधिकांश बाइक बुकिङ भइरहेका छन्।
आधिकारिक बिक्रेता हंसराज एन्ड हुलासचन्दले बेलायती ब्रान्ड ट्राइम्फका २ मोडल राखेको छ।


भृकुटीमण्डपमा दुईपांग्रे स्टलमा पुग्नेको आँखा ट्राइम्फका बाइकमा जाने गरेको छ। ४०० सीसीका ट्राइम्फ बाइकको स्पिड मोडलको मूल्य ६ लाख ३९ हजार रुपैयाँ छ। त्यस्तै स्क्राम्बलरको ६ लाख ८९ हजार ९०० रुपैयाँ छ।
बाइकले ४० पीएस र ३७.५ एनएम टर्क जेनेरेट गर्छ। बाइक लिक्युड कुल, फोर भल्भ, सिगल सिलिन्डर, ६ स्पिड गियरबक्स छ। अगाडिको टायर ११० बाई ७० र पछाडिको १५० वाई ६० छ। बाइकको ट्यांक क्षमता १३ लिटर र बाइक वेट १७६ किलोग्राम छ।
नेपालमा बजाज, केटीएम ब्रान्ड बिक्री गरिरहेको एचएच एन्ड कम्पनीले ट्राइम्फका मोडललाई विभिन्न स्वरुपमा ल्याएको छ। कतिपय रंगमा बिक्री भइसकेकाले रोजेकै विकल्पका लागि ग्राहकले १ महिना कुर्नुपर्ने अवस्था छ। 


प्रतिक्रिया