ad ad

कारोबार


२ भेरियन्टमा सार्वजनिक भयो जिकर एक्स, कुनको मूल्य कति?

२ भेरियन्टमा सार्वजनिक भयो जिकर एक्स, कुनको मूल्य कति?

नेपालमा जिकर एक्स सार्वजनिक भएको छ (सरोज नेपाल)


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १५:८, काठमाडौँ

नेपालमा जिकर एक्स सार्वजनिक भएको छ। नाडा अटो सोमा सारडा ग्रुपअन्तगर्तको पायोनियर मोटोकर्पले २ वटा भेरियन्टमा गाडी सार्वजनिक गरेको हो। 

प्रिमियम मोडलको रुपमा रहेको गाडीको स्ट्यान्डर्ड सेग्मेन्टको मूल्य ८४ लाख ९९ हजार रहेको छ भने फ्ल्यागसिपको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ।  

स्ट्यान्डर्ड सेग्मेन्टको रियर ह्विलमा २०० किलोवाटको मोटर रहेको छ भने ब्याट्री ६६ किलोवाट आवर छ। फ्ल्यागसिपको अलह्विलमा ६६ किलोवाट आवरकै ब्याट्री रहँदा ३१५ किलोवाटको मोटर छ। 

चिनियाँ अटोमोबाइल निर्माता गिली ग्रुपअन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले पहिलो पटक नेपालमा गाडी ल्याएको हो। यसको वितरणका लागि चीनको हाङजोउमा भदौ ५ मा पायोनियर मोटोकर्प र जिकरबीच हस्ताक्षर भएको थियो।

 समारोहमा निर्माता पक्षबाट जिकर युरोएसिया का महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए।

नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .