ad ad

कारोबार


नाडा अटो सोमा सारडा ग्रुपले ल्याउँदै छ जेको र जिकर नयाँ ब्रान्ड, ओमोडाको नयाँ भेरियन्ट

नाडा अटो सोमा सारडा ग्रुपले ल्याउँदै छ जेको र जिकर नयाँ ब्रान्ड, ओमोडाको नयाँ भेरियन्ट

नेपालखबर
भदौ ५, २०८१ बुधबार १६:४९, काठमाडौँ

सारडा ग्रुपले नाडा अटो सोमा सवारीसाधनका ३ नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। यीमध्ये २ वटा नयाँ ब्रान्ड र ओमोडाको नयाँ भेरियन्ट सार्वजनिक गर्दै छ।

सारडा ग्रुपले अफरोड विद्युतीय गाडीको रुपमा जेको जे६ ल्याउँदै छ भने प्रिमियम सेगमेन्ट जिकर एक्स ल्याउन लागेको हो। ग्रुपले २ वटा अटोमोटिभ कम्पनीमार्फत गाडीको बिक्री गर्दै आएको छ।

एसपीजी अटोमोबाइल्स प्रा.लि र पायोनियर मोटोकर्पमार्फत विभिन्न ब्रान्डका सवारीसाधन बिक्री गर्छ। पायोनियर मोटोकर्प जापानी ब्रान्ड निसान र चिनियाँ ब्रान्ड जिकरको आधिकारिक बिक्रेता हो भने एसपीजी अटोमोबाइल्स चेरी, ओमोडा, जेको ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ।

यसअनुसार ग्रुपले नाडा अटो सोमा ओमोडा, जेको र जिकर ब्रान्ड प्रस्तुत गर्दै छ। २०८० माघमा सार्वजनिक गरेको ओमोडाको नयाँ भेरियन्ट थप गर्दै छ।

नक्साल सोरुमबाट बिक्री गरेको मोडल देशभर विस्तार गरेको छ। अहिले ६१ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको मोडल ई५को केही फिचर घटाएर ५५ लाख ९९ हजारमै ई५ ल्याएको छ।

‘ओमोडा ई ५ को डिलक्स भेरियन्ट नाडा अटो सोमा ल्याउँदै छौँ’, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने, ‘जेको ब्रान्डको जे ६ मोडल ग्राहकको आकर्षण हुनेछ।’

जे ६ मलेसिया अटो सोमा सार्वजनिक गरिएको थियो। लुक्स र नेपालको सडकअनुसार अफरोड कुदाउन मिल्ने भएकाले जे६ चर्चामा छ।

कम्पनीले  १३५ किलोवाट मोटर र २२० एनएम टर्क जेनेरेट गर्ने गाडी ल्याउँदै छ। जसमा ६९.८ लिथियम आयन ब्याट्री छ। एक पटकको चार्जमा ५०१ किमि गुड्छ।

जिकरका प्रिमियम गाडी बजारमा 
पायोनियर मोटोकर्पले नेपाली बजारमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्दै छ। जिकर ब्रान्ड नेपाली बजारमा जिकर एक्स मोडलसहित प्रवेश गर्दै छ। 

पायोनियर मोटोकर्पले जिकर एक्सका २ वटा भेरियन्ट ल्याउँदै छ। गाडीमा डुअल मोटर, अल ह्विल ड्राइभ र सिङ्गल मोटर रियर, ह्विल ड्राइभ गरी दुई भेरियन्ट छन्। 

पायोनियर मोटोकर्पले जिकर एक्स एक प्रिमियम कम्प्याक्ट एसयूभी रहेको बताउँदै आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएकोे उल्लेख गरेको छ। 

कम्पनीका अनुसार जिकर एक्सले एक पृथक डिजाइन शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्नेछ। जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्दछ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री छ। यसले सिङ्गल मोटर, रियर ह्विल ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० कि.मिको डब्लुएलटीपी रेन्ज प्रदान गर्दछ। 

१५० किलोवाटको डीसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्जसम्म जम्मा ४ घण्टाभित्र पूरा गर्ने कम्पनीको दाबी छ।

पायोनियर मोटोकर्पले निशानको किक्स र म्याग्नाइट मोडल सार्वधिक विक्री गर्‍यो। पछिल्लो समय नेपाली ग्रहाक विद्युतीय गाडीमा सिफ्ट भएसंगै कम्पनीले विद्युतीय निशान लिफ ल्याएपनि बजारमा धेरै विक्री हुन सकेन।  

हालसारडा ग्रुपका निर्देशकहरु सन्दिप सारडा र गौरव सारडाले अटोमोबाइल्सको व्यवसाय हेर्दै आएका छन्।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .