ad ad

कारोबार


नाडा अटो सोमा चारपांग्रेका २४ ब्रान्ड, ईभीका लाइट कमर्सियल भेहिकल मात्रै १३ वटा

नाडा अटो सोमा चारपांग्रेका २४ ब्रान्ड, ईभीका लाइट कमर्सियल भेहिकल मात्रै १३ वटा

नाडाको पत्रकार सम्मेलन (नाडा)


नेपालखबर
साउन ३०, २०८१ बुधबार १७:३५, काठमाडौँ

आगामी भदौ ११ देखि १६ गतेसम्म हुने नाडा अटो सोमा चार पांग्रेका २४ ब्रान्डले उपस्थिति जनाउने भएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले यसपालिको सोमा अटोमोबाइलका नवीनतम प्रविधि अवलोकन गर्न पाइने बताए। यसले अटोमोबाइल क्षेत्रलाई पुनर्जागृत बनाउने उनको विश्वास छ। 

सोमा अगाडि नै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएको छ। यसका लागि भदौ १० सम्म २० प्रतिशतको पैसा फिर्ता हुने व्यवस्था समेत गरिएको छ।  

नाडाले पत्रकार सम्मेलन गरी सोको सबै तयारी पूरा भएको जनाएको हो। नाडाका अनुसार यसपटक ईभीको लाइट कमर्सियल भेहिकल १३ वटा रहनेछन्। 

चारपांग्रेका ईभी र आइस इन्जिनसहित २४ ब्रान्डमध्ये अधिकांश ईभी हुनेछन्। तिनमा महिन्द्रा, हुन्डाई र कियाजस्ता केही कम्पनीले दुवैखाले सवारीसाधन प्रदर्शनीमा राख्नेछन्।  

सोमा १९ वटा दुईपांग्रे ब्रान्डको उपस्थिति रहनेछ। यसपटक यामाहा, रोयल इन्फिल्डजस्ता केहीबाहेक बाँकी सबै ईभी हुने नाडाले जनाएको छ। 

यता एलसीभीमा पनि अधिकांश ईभी रहनेछन्। सवारीसाधनबाहेक सोमा १३ ल्युब्रिकेन्ट्स ब्रान्ड, ब्याट्री र टायरमा नाम चलेका टाटा इन्टरप्राइजलगायतका ब्रान्डले सहभागिता जनाउनेछन्।  

हेल्मेट र अन्यमा १३ कम्पनीको सहभागिता रहनेछ भने वित्तीय संस्थाहरुमा बैंकहरु थपिने क्रममा रहेको नाडाले जनाएको छ। सानिमा बैंक, महालक्ष्मी विकास बैंक र नबिललगायतले स्टल बुकिङ गरिसकेका छन्।

वर्षगत तुलनामा २०१५ देखि हालसम्म सोमा ४ पांग्रे कम्पनीको सहभागिता बढेको र २ पांग्रेको घट्दो क्रममा रहेको नाडाले जनाएको छ। पोहोर २२ वटा दुईपांग्रेको सहभागिता रहेकामा यसपटक १९ वटा मात्रै सहभागी हुने नाडाले जनाएको छ।

नाडा अटो सोमा यसपटक टाइटल स्पोन्सर टाटा डट ईभी, को–स्पोन्सरमा शिखर इन्स्योरेन्स र सर्भो, टिकटिङ पार्टनरमा खल्ती, डोर प्राइज हिरो जुम, अफिसियल इन्टरनेट र सर्भिलियन्स पार्टनरमा वर्ल्डलिंक, सीसीटीभी नेपाल र फायर सेफ्टी सपोर्टमा हिट्को र इभेन्ट मेनेजरको रुपमा ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिस रहनेछन्। 

यो वर्ष छुट्टै पेभिलियन रहनेछ भने भृकुटीमण्डपको गार्डेन एरियामा नाडाको इभेन्ट अफिस रहनेछ। मेन हलको बाहिर एउटा स्टल रहनेछ। मुख्य हलभित्र चारपांग्रे सवारीसाधन रहने नाडाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .