ad ad

कारोबार


नेपालभर ८ सयभन्दा बढी बिक्री भयो नेटा भी

नेपालभर ८ सयभन्दा बढी बिक्री भयो नेटा भी

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १७:१८, काठमाडौँ

सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी कारले नेपाली बजारमा राम्रो व्यवसाय गरेको छ। 

छोटो समयमै नेपालमा ८ सयभन्दा बढी नेटा भी बिक्री भएको हो। 

कम्पनीका अनुसार उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्रीजस्ता विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएका हुन्। 

हरेक नेटा भीमा उन्नत प्रविधि र असाधारण इन्जिनियरिङ रहेको कम्पनीको दाबी छ। यसले ड्राइभिङमा फरक अनुभव दिने कम्पनीको भनाइ छ।

नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका छन्। यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले उल्लेख गरेको छ। २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ। 

सिंगल चार्जमा ३८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा डेढ लाख किमिको वारेन्टी पाइन्छ। 

नेटा होजोन अटोअन्तर्गतको कम्पनी हो। नेटा भी चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .