ad ad

कारोबार


युरो ६ लागू गर्ने प्रस्ताव वातावरण मन्त्रालयमै फिर्ता

युरो ६ लागू गर्ने प्रस्ताव वातावरण मन्त्रालयमै फिर्ता

नेपालखबर
साउन २३, २०८१ बुधबार १२:२, काठमाडौँ

कम प्रदूषण गर्ने सवारीसाधन भित्र्याउन युरो ६ लागू गर्ने प्रस्ताव फेरि वन तथा वातावरण मन्त्रालयमै फिर्ता भएको छ।

सरकार परिवर्तन भएसँगै कानुन मन्त्रालयले युरो ६ लागू गर्ने प्रस्ताव मन्त्रालयमा फिर्ता पठाएको हो। 

वन तथा वातावरण मन्त्रालयले युरो ६ लागू गर्ने प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउन महिनाबाट लागू गर्ने सहमति दिएको थियो। अर्थको सहमतिपछि वातावरण मन्त्रालयले कानुन मन्त्रालयमा प्रस्ताव पठायो तर स्वीकृत नहुँदै नेतृत्व परिवर्तन हुँदा फिर्ता आएको छ।

‘कानुन मन्त्रालयले स्वीकृत गरेको भए मन्त्रिपरिषद्‍मा पुगेर पारित भएपछि लागू हुन्थ्यो’, वन तथा वातावरण मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शिवजी शर्माले भने,‘अब फेरि मन्त्रालयले टिप्पणी उठाएर अर्थ मन्त्रालयमा सहमति लिनुपर्ने अवस्था आएको छ।’

यसअघि पनि युरो ६ लागू गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेर फर्किएको थियो। वातावरण मन्त्रालयले फेरि पठाएको पस्ताव अर्थ मन्त्रालयले लामो समय रोकेर लागू गर्न सहमति दिएको थियो।

छिटो छिटो सरकार परिवर्तन हुँदा वातावरण प्रदूषण कम गर्ने गाडी भित्र्याउने प्रस्ताव अलपत्र परेको छ। 

सुरुमा अटो व्यवसायीले युरो ६ लागू गर्नको लागि समय माग गरेका थिए। अहिले नेपाली बजारमा अधिकांस बीएस६ कै गाडी भित्रिन थालेका छन्।

व्यवसायीहरु समेत केही महिनाको समय दिएर युरो ६ लागू गर्न सहमत भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .