ad ad

कारोबार


फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई हुन्डाई एक्स्टर हस्तान्तरण

फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई हुन्डाई एक्स्टर हस्तान्तरण

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:२७, काठमाडौँ

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०८०' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। 

उक्त अफरका विजेता सुनसरीका इन्द्र प्रसाद गुरागाईं (कुपन नम्बर ५३)लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हुन्डाई एक्स्टर हस्तान्तरण गरेका हुन्। 

अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले छ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने मौका थियो। 

अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्रमार्फत गत असार ३१ गते गरिएको थियो। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .