ad ad

कारोबार


न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा नेटा पहिलो

पहिलो त्रैमासिकमा साढे १३ हजार बढी निर्यात
न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा नेटा पहिलो

नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:०, काठमाडौँ

चिनियाँ विद्युतीय कम्पनी नेटा न्यु स्टार्ट्स अपको ईभी निर्यात वरीयतामा पहिलो स्थानमा छ। 

बजारमा आएका नयाँ ईभी कम्पनीहरुमध्ये कम्पनीले जनवरी–अप्रिल अवधिमा १३ हजार ६ सय ९४ वटा गाडी निर्यात गरेको हो। 

त्यसपछि दोस्रो वरीयता पाएको एक्सपेङले सोही अवधिमा ३ हजार २९, सेरेसले २ हजार ६ सय ९१ र स्काईवर्थले ३ सय ६८ वटा विद्युतीय कार निर्यात गरेको छ। 

यता अटोमोबाइल कम्पनीहरुको न्यु इनर्जी भेहिकल निर्यातको वरीयतामा भने नेटा चौथो स्थानमा छ। 

यसअनुसार बीवाईडीले सबैभन्दा बढी १ लाख ३८ हजार ७ सय ६९, टेस्लाले १ लाख १९ हजार २ सय २, सायक पेसेन्सजर कार २९ हजार ८ सय २७, नेटा १३ हजार ६ सय ९४, चेरीले १३ हजार ५ सय १७, चांगनले ९ हजार ८ सय ५६ वटा न्यु ईभी निर्यात गरेको छ। 

त्यसबाहेक सायक जीएम विलिङ ९ हजार ८ सय २३, गिली ८ हजार ९ सय ४६, जीएसी आयन ७ हजार २ सय ४२, डङफेङ होन्डाले ६ हजार ७ सय ९७, ग्रेटवालमोटर्सले ६ हजार ७ सय ४१, बीएमएडब्लु ब्रिलियन्सले ६ सय ७ सय १३, पोलारिस कारले ६ हजार ४ सय ६१, स्मार्ट मोटरले ५ हजार ३ सय ६१ र एफएडब्लुले ३ हजार ६ सय १ वटा न्यु ईभी निर्यात गरेका छन्। 

नेपालमा चौधरी ग्रुपको सीजी मोटर्सले नेटा भीको बिक्री वितरण गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .