ad ad

कारोबार


सिट्रोनले नयाँ ईभी नेपाली बजारमा ल्याउँदै

सिट्रोनले नयाँ ईभी नेपाली बजारमा ल्याउँदै

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:५३, काठमाडौँ

नेपालमा सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाँडै सिट्रोनको नयाँ भेरियन्टको इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ। 

नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा सिट्रोनले नयाँ भेरियन्ट ल्याउनलागेको जनाएको छ। 

‘नेपालमा सिट्रोन गाडीहरुको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरुमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ’, कम्पनीले भनेको छ, ‘सिट्रोनको अफिसियल वेबसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्नेछ र सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभव लिन सक्नेछन्।’ 

सिट्रोन एक फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो। यो १०३ वर्ष पुरानो कम्पनी हो। फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ।

व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको सिट्रोन १०१ देशहरूमा अवस्थित छ। विश्वव्यापी रूपमा ६२ सय बिक्री र सेवाहरूको नेटवर्क छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .