ad ad

राजनीति


बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच भएन सहमति, बुढानीलकण्ठमा कांग्रेस नेताहरू जुट्दै

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच भएन सहमति, बुढानीलकण्ठमा कांग्रेस नेताहरू जुट्दै

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:५५, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तापक्ष र प्रतिपक्षीबीचको बैठक निष्कर्षविहीन टुंगिएको छ। 

संसद्को जारी गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका थिए। छलफलमा संसदीय छानबिन समितिको टीओआर कार्यदलका सदस्यहरू पनि सहभागी थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रयास हदैसम्म गरेपनि सत्तारुढ अन्य दलका कारण सहमतिमा समस्या आएको कांग्रेस सांसद जीवन परियारले बताए। 

उनका अनुसार आजै दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीसहितको बैठक बस्दैछ। 

सो बैठकपछि पुनः आजै साँझ प्रधानमन्त्रीसँग पनि अर्को चरणको छलफल हुने परियारले बालुुवाटार बैठकपछि जानकारी दिए।

बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड,  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार सहभागी थिए।

नेकपा  (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल, कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .