कारोबार


भारतमा ह्वात्तै बढ्यो हुन्डाई, टाटा र महिन्द्राको कार बिक्री

भारतमा ह्वात्तै बढ्यो हुन्डाई, टाटा र महिन्द्राको कार बिक्री

नेपालखबर
माघ २१, २०८० आइतबार १३:५०, काठमाडौँ

भारतीय अटोबजारमा सन् २०२४ को पहिलो महिना मारुती सुजुकीपछि हुन्डाई, टाटा र महिन्द्राका लागि उत्साहप्रद भएको छ। 

बिक्रीका हिसाबले यी कम्पनी उच्च ४ स्थानमा रहेका छन्। जनवरीमा हुन्डाई मोटर इन्डियाले टाटा मोटर्सलाई उछिनेर दोस्रो नम्बरमा आएको छ।

हुन्डाईले उक्त महिनामा भारतमा ५७ हजार १ सय १५ वटा कार बिक्री गरेको छ। सोही अवधिमा टाटा मोटर्सले ५३ हजार ६ सय ३३ वटा कार बिक्री गर्दै तेस्रो नम्बरमा हुँदा महिन्द्रा एन्ड महिन्द्राल ४३ हजार ६८ वटा कार बिक्री गरेको छ। 

हुन्डाई 
हुन्डाई मोटर इन्डियाको कुल बिक्री वार्षिक आधारमा जनवरीमा ८.५ प्रतिशतले बढेर ६७ हजार ६ सय १५ पुगेको छ। कम्पनीको घरेलु बिक्री वार्षिक आधारमा १४ प्रतिशतले बढेर ५७ हजार १ सय १५ युनिट पुगेको छ।

जुन एक वर्षअघि सोही अवधिमा ५० हजार १ सय ६ युनिट रहेको थियो। तर कम्पनीका गाडीको निर्यात जनवरीमा १४ प्रतिशतले घटेर १० हजार ५ सय युनिट रहेको छ। १ वर्षअघि सोही अवधिमा १२ हजार १ सय ७० युनिट थियो। हुन्डाईको नयाँ क्रेटा फेसलिफ्टको बुकिङ पहिलो महिनामा ५० हजार पुगेको छ। 

टाटा मोटर्स 
यता टाटा मोटर्सको जनवरीमा कुल बिक्री वार्षिक आधारमा ६ प्रतिशतले बढेर ८६ हजार १ सय २५ युनिट रहेको छ। कम्पनीले गत वर्ष जनवरीमा ८१ हजार ६९ वटा गाडी बिक्री गरेको थियो। गत जनवरीमा कम्पनीले घरेलु बजारमा ८४ हजार २ सय ७६ वटा गाडी बिक्री गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले घरेलु बजारमा ७९ हजार ६ सय ८१ गाडी बिक्री गरेको थियो। 

कम्पनीका अनुसार गत जनवरीमा कम्पनीको कमर्सियल भेहिकलको बिक्री २ प्रतिशतले घटेर ३२ हजार ९० युनिट रहेको छ। गत वर्ष सोही अवधिमा ३२ हजार ७ सय ८० वटा युनिट बिक्री भएको थियो। प्यासेन्जर भेहिकलतर्फ ईभी समेत गरी १२ प्रतिशतले बढेर ५३ हजार ६ सय ३३ युनिट पुगेको छ। गत वर्ष सोही अवधिमा ४७ हजार ९ सय ८७ वटा बिक्री भएको थियो। 

महिन्द्रा एन्ड महिन्द्रा 
यता महिन्द्रा एन्ड महिन्द्राले जनवरीमा कुल ७३ हजार ९ सय ४४ वटा गाडी बिक्री गरेको छ। जुन वार्षिक आधारमा १५ प्रतिशतले बढी हो। कम्पनीले जनवरीमा ४३ हजार ६८ वटा एसयूभी बिक्री गरेको छ। महिन्द्राको कमर्सियल भेहिकलतर्फ ८ प्रतिशतले बिक्री बढेको छ। योसँगै जनवरीमा कम्पनीले २३ हजार ४ सय ८१ युनिट बिक्री गरेको छ।

जुन गत वर्ष सोही अवधिमा २१ हजार ७ सय २४ युनिट थियो। त्यस्तै विद्युतीयसहित कुल तीनपांग्रेको घरेलु बिक्री वार्षिक आधारमा १४ प्रतिशतले घटेर ५ हजार ६ सय ४९ युनिट रहेको छ। जुन पछिल्लो वर्षको सोही अवधिमा ६ हजार ५ सय ६२ युनिट बिक्री भएको थियो। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .