कारोबार


५७० किमिसम्म रेन्ज दिने बीवाईडी सिल नेपालमा, मूल्य कति?

५७० किमिसम्म रेन्ज दिने बीवाईडी सिल नेपालमा, मूल्य कति?

नेपालखबर
माघ ७, २०८० आइतबार १७:४७, काठमाडौँ

चिनियाँ ईभी निर्माता बीवाईडीको अधिकृत वितरक साइमेक्स इन्क प्रालिले कम्पनीको पछिल्लो उत्पादन बीवाईडी सिल नेपाल भित्र्याएको छ।

कम्पनीले डायनामिक डिजाइन र उन्नत प्रविधि भएको बीवाईडी सिल नेपालमा सार्वजनिक गरेको हो। 

‘बीवाईडी सिल एक डायनामिक र इन्टेलिजेन्ट सेडान हो जसले उच्च प्रविधि सुविधाहरूको साथ एथलेटिकिज्मलाई सहज मिश्रण गर्दछ’, कम्पनीले भनेको छ, ‘विशाल महासागरबाट प्रेरित सुन्दर डिजाइन अवधारणाले हेर्दा अत्यन्तै आकर्षक र समृद्ध बाह्य अवारण दिएको छ। ०.२१९सीडीको 'ड्रयाग कोइफिसीएन्ट' यस करको एरोडाइनमिक्सप्रतिको असाधारण प्रतिबद्धता हो।’

बीवाईडी सिलमा ४०२ लिटरको ठूलो बुट स्पेस र सामानहरू भण्डारण गर्न कारको अगाडिको छेउमा ५३ लिटर फ्रङ्क रहेको कम्पनीले जनाएको छ।

के के छन् नयाँ प्रविधि?
बीवाईडी सिलमा नवीनतम प्रविधि रहेको कम्पनीको दाबी छ। तिनमा ब्लेड ब्याट्री, सेल-टु-बडी पर्छन्। यसले ४०, ५०० एनएम/डिग्रीको टर्सिनल स्टिफनेस दिँदै, आराम, सुरक्षा र कार्यसम्पादनको लागि उत्कृष्ट प्लेटफर्म सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। 

बीवाईडी सिलमा रहेको ‘८ इन वान’ इलेक्ट्रिक पावरट्रेनले रियर ह्विल ड्राइभ संस्करणमा १५० केडब्ल्यू (२०३पीएस), २३० केडब्ल्यू (३१३पीएस) को पावर दिन्छ र सबै-ह्विल ड्राइभ संस्करणमा ३९० केडब्ल्यू (५३० पीएस) को संयुक्त मोटर पावर आउटपुट प्रदान गर्दछ।

सिलमा चार ड्राइभिङ मोडहरू इको, नर्मल, स्पोर्ट र स्नो रहेका छन्। बीवाईडी सिल पर्फरमेन्स संस्करण उच्च प्रविधिको इन्टेलिजेन्ट टर्क अड्याप्सन कन्ट्रोल (आईटीएसी) ले सजिएको छ। यसले पावर वितरणलाई अप्टिमाइज गर्दै सुरक्षित पर्फरमेन्स र आरामदायी ड्राइभिङको अनुभव दिने कम्पनीको दाबी छ।

ब्लेड ब्याट्री रहेको सिलमा दुई किसिमका ब्याट्री प्याक ६१.४४ केडब्ल्यूएच र ८२.५६ केडब्ल्यूएचमा उपलब्ध छ। यसले उच्च पावर चार्जिङ क्षमतासहित ५७० किमि  रेन्ज दिने र ३० मिनेटमा नै 30 प्रतिशतदेखि ८० प्रतिशतसम्म छिटो चार्ज हुने कम्पनीको दाबी छ।

यस्तो छ इन्टेरियर 
बीवाईडी सिलको भित्री भाग पनि आरामदायी र शानदार अनुभव मिल्नेखालको छ। कम्पनीका अनुसार अगाडिका सिटहरूमा भेन्टिलेसन / ताताउने फंग्सन छन् र पछाडिका सिटहरू आरामका लागि सावधानीपूर्वक डिजाइन गरिएका कोणहरू र प्याडिङहरू छन्।

बीवाईडी सिलमा 'ओभरसाइज पानोरामिक सनरुफ' छ, जसले यात्रुहरूलाई खुल्ला दृश्यावलोकनको मौका दिन्छ। उचित सुरक्षा र उत्कृष्ट ध्वनि, र तातो इन्सुलेशनका लागि गाडीको अगाडिका ढोकाहरू ल्यामिनेटेड गिलासले डबल-ग्लेज्ड छन्।

बीवाईडी सिल सुरक्षा र चालक सहायता सुविधाहरूको अनेकौँ प्रणालीहरुले सुसज्जित छ । सबै मोडेलहरूमा अनिवार्य टक्करको पूर्वानुमान र चेतावनी, स्वचालित आपतकालीन ब्रेकिङ, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक, आपतकालीन लेन किप असिस्टेन्स, लेन प्रस्थान रोकथाम, र अन्य थुप्रै सुविधाहरू छन् ।

यसमा रहेको एडटिभ क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट क्रुज कन्ट्रोलले ड्राइभिङ अनुभवलाई थप शानदार बनाउनेछ। साथै, थप चालक सहायताहरूमा ब्लाइन्ड स्पट डिटेक्शन सिस्टम, ईएसपी, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेहिकल होल्ड, इन्टेलिजेन्ट स्पीड लिमिट इन्फर्मेशन र इन्टेलिजेन्ट स्पीड लिमिट कन्ट्रोल समावेश छ।

सिलमा रहेको ५.६ इन्चको घुमाउन मिल्ने स्क्रिनमा इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, १०.२५ इन्च फुल इन्स्टुमेन्ट एलसीडी प्यानल र एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितका एपहरू रहनेछन्।

प्रिमियम गुणस्तरको अवाजसहितको १२ स्पिकर डाइनाडियो पर्फरमेन्स अडियो प्रणाली र स्मार्टफोन वायरलेस चार्जिङ सिलमा रहेको अर्को सुविधाजनक सुविधा हो।

अत्याधुनिक प्रकाश टेक्नोलोजीले रातमा ड्राइभिङ गर्दा थप भिजिविलिटीमा मद्दत गर्न प्रकाशको फराकिलो किरण, उच्च बीम असिस्ट, एडप्टिभ फ्रन्ट हेडलाइटहरू र 'फलो मी होम' जस्ता बहुउपयोगी सुविधा लिएर आएको छ ।

कति छ मूल्य?
बीवाईडी सिल तीन फरक ट्रिमहरूमा उपलब्ध छ। यसअनुसार ४६० किमि रेन्ज दिने डाइनामिकको मूल्य १.०५ करोड, ५७० रेन्ज दिने प्रिमियमको १ करोड ३९ लाख र ५२० किमि रेन्ज दिने पर्फरमेन्सको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

बीवाईडी सिल, आर्कटिक निलो, अरोरा सेतो, कज्मोस कालो र एटलान्टिस ग्रे गरी ४ स्ट्याण्डर्ड रंगहरूमा उपलब्ध हुनेछ।

बीवाईडीका अहिले नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर, १५ चार्ज प्वाइन्टहरु छन् र यी तीनवटै क्षेत्रमा पूर्वाधार सञ्जाल विस्तार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .