ad ad

कारोबार


टीभीएसको मरिन ब्लु एनटर्क रेस एडिसन पोखरामा, मूल्य २ लाख ९९ हजार ९ सय

टीभीएसको मरिन ब्लु एनटर्क रेस एडिसन पोखरामा, मूल्य २ लाख ९९ हजार ९ सय

नेपालखबर
बैशाख १८, २०८० सोमबार १३:४, काठमाडौँ

टीभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ। कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ।

टीभीएसद्वारा पोखरामा आयोजित निर्भयाज वुमन इन कन्र्सटमा उक्त स्कुटरको लन्च गरिएको थियो । कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुति थियो। 

उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर लन्च गरिएको थियो । दर्शकहरुको उत्साहजनक प्रतिकृया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टीभीएस्को स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस एनटर्क आरटी–फाई१२५ रेस एडिसन मरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। 

उनले भने, ‘स्मार्ट स्कूटर आरटी–फाईको समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौँ।’

कार्यकारी निर्देशक अखिल गुप्ताले यसले युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए। 

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिएको कम्पनीले जनाएको छ। स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । 

स्मार्टसोनेक्ट कनेक्टिभिटी प्ल्याट्फममार्फत सञ्चालित यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ।

टीभीएस एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओएचसी, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ७ हजार आरपीएममा ६.९ किलोवाट, सात हजार आरपीएममा ९.३८ पीएसको अधिकतम पावर आउटपुट प्रदान गर्दछ।

त्यस्तै ५५ सय आरपीएममा १०.५ एनएमको उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पिड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमि प्रतिघण्टाको गति बढाउँछ।

पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ। 

यसका अतिरिक्त, टीभीएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, यूएसबी चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टीभीएस प्याटेन्टेड ईजेट सेन्टर स्ट्यान्ड रहेको छ।

मरिन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ। यो पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .