ad ad

कारोबार


५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण १० वर्षमा बनाइँदै

५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण १० वर्षमा बनाइँदै

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १३:२९, काठमाडौँ

भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक वर्गीकरणकाे आधार तयार गर्ने बताएका छन्। 

मन्त्री ज्वालाले अहिले एकै सडकमा संघ र प्रदेशले बजेट गएकाे बताउँदै अब कानुनी रूपमै वर्गीकरण गर्ने बताएका हुन्। 

उनले ठेक्का ताेड्नेभन्दा काम अगाडि बढाउनेमा प्रयास गर्ने बताए। सकेसम्म काम गराउने, कामै नभए ठेक्का ताेड्ने उनको भनाइ छ। 

यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासाे रहेकाे बताउँदै उनले लाइसेन्सका समस्या समाधान गर्ने बताए। 

लाइसेन्स नवीकरण हरेक १० वर्षमा गरे पुग्ने गरी व्यवस्था गर्ने उनले  बताए। 

आगामी बजेटमा १ खर्ब १३ अर्ब रूपैयाँ मात्रै सिलिङ ताेकिएकाले खर्च हुने ठाउँमा बजेट विनियाेजन गरिने बताए।

मन्त्रालयका सचिव केशव कुमार शर्माले सवारी लाइसेन्स नवीकरण गर्ने समयावधि बढाउनलागेको  बताए। 

उनले भने, ‘स्मार्ट कार्ड ५/५ वर्षमा नवीकरण गर्दा सरकारको खर्चमात्र हुने भएकाले हरेक १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्नलागेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .