ad ad

कारोबार


रहेनन् भारतकै वृद्ध अर्बपति केशुव, जसले महिन्द्रालाई उत्पादनकर्ताको ‘पावरहाउस’ बनाए

रहेनन् भारतकै वृद्ध अर्बपति केशुव, जसले महिन्द्रालाई उत्पादनकर्ताको ‘पावरहाउस’ बनाए

नेपालखबर
चैत २९, २०७९ बुधबार २३:१०, काठमाडौँ

महिन्द्रा एन्ड महिन्द्राका मालिक केशुव महिन्द्राको ९९ वर्षको उमेरमा निधन भएको छ। 

उनी भर्खरै मात्र चर्चित अन्तर्राष्ट्रिय म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको विश्व अर्बपति सूचीमा अटाएका अर्बपति हुन्। उनको कुल सम्पत्ति १.२ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ। 

उनको कम्पनी महिन्द्रा एन्ड महिन्द्राको प्रविधि, वित्तीय क्षेत्र र घरजग्गामा व्यवसाय छ। 

उनी सन् २००७ मा पहिलोपटक अर्बपति क्लबमा आबद्ध भएका थिए। पाँच दशक लामो समय महिन्द्राको प्रमुख बनेका उनलाई कम्पनीलाई भारतमा विलिज जिपहरुको एसेम्बलिङकर्ताबाट उत्पादनकर्तामा रुपान्तरण गरेको श्रेय जान्छ। महिन्द्रा पछिल्लो समय ट्राक्टर र एसयूभीको मुख्य आपूर्तिकर्ता बनेको छ। 

महिन्द्राले २ लाख ६० हजार बढी मानिसलाई रोजगारी दिएको छ। महिन्द्रा सुन १९२३ मा जन्मिएका थिए भने सन् १९४७ मा ह्वार्टनबाट स्नातक पूरा गरेका थिए। त्यसपछि घर फर्केका उनले बुबा केसी महिन्द्रा र काका जेसी महिन्द्राले स्थापना गरेको कम्पनीमा आबद्ध भएका थिए। 

उनी सन् १९६३ मा महिन्द्राको प्रमुख बनेका थिए। सन् २०१२ सम्म उनले कम्पनीको नेतृत्व गरेका थिए। त्यसपछि आफ्नो भतिज आनन्द महिन्द्रालाई पद हस्तान्तरण गरेका थिए। उनी पनि अर्बपति रहेका छन्। उनको निधनमा व्यावसायिक क्षेत्रका व्यक्तिहरुले महिन्द्रालाई श्रद्धाञ्जलि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .