कारोबार


विशाल ग्रुपले भित्र्यायो अर्को अटो ब्रान्ड म्याक्सस, नेपालमा ३ मोडल सार्वजनिक

विशाल ग्रुपले  भित्र्यायो अर्को अटो ब्रान्ड म्याक्सस, नेपालमा ३ मोडल सार्वजनिक

नेपालखबर
माघ २२, २०७९ आइतबार १४:४५, काठमाडौँ

प्यारामाउन्ट मोटर्सले औपचारिक रुपमा अटो ब्रान्ड म्याक्सस नेपालमा भित्र्याएको छ। विशाल ग्रुपअन्तर्गतको प्यारामाउन्ट मोटर्सले पिकअप ट्रक र कार्गो भ्यान सार्वजनिक गरेको हो। 

कम्पनीले म्याक्सस टी ६०, टी ७० र भी ८० नेपाली बजारमा सार्वजनिक गरेको छ। २.८ र २.० लिटर टर्बो डिजेल इन्जिनमा रहेको छ। 

प्रिमियम भेरियवल जिओमेट्री टर्बोचार्जर प्रविधि सहितको सार्वजनिक गरेको छ। पिकअप म्याक्सस टी ७०को मूल्य ६८ हजार ४९ हजार रुपैयाँ रहेको छ। टी ६० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ। कार्गो भ्यानको भने ५० लाख ४९ हजार रुपैयाँ छ। 

कम्पनीका पिकअपमा अटोमेटिक एसी, कि-लेस इन्ट्री र स्टार्ट, पुस–स्टार्ट बटन, त्रुज कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, क्लाईमेट कन्ट्रोलजस्ता फिचर्स रहेका छन्। पिकअपमा २१५ एमएम ग्राउन्ड किलियरेन्स रहेको छ। 

 युरो ४ मापदण्डमा उपलब्ध रहेको कार्गो भ्यान २.५ लिटर टर्बो डिजेल कमल रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। 

विशाल ग्रुपले नेपालमा फक्सवागन, रेनो, ग्रेटवाल मोटर्स बिक्री गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .