ad ad

कारोबार


धनगढीमा खुल्यो हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टको शाखा

धनगढीमा खुल्यो हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टको शाखा

नेपालखबर
माघ १५, २०७९ आइतबार १२:२४, काठमाडौँ

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवाअन्तर्गत : सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।

शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाईको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभी पदार्थ फुटाउन ’जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक ‘एम्. बि. बकेट क्रसर’ पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिनेछ । यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभी इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन ।

साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’को बिक्रीवितरण गर्दछ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .